कांग्रेसको सहयोगमा ओलीकै नेतृत्वमा सरकार बन्छ : महेश बस्नेत « Khabarhub

कांग्रेसको सहयोगमा ओलीकै नेतृत्वमा सरकार बन्छ : महेश बस्नेत


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्।

राष्ट्रिय युवा संघको बुधबारको बैठकलाई बुधबार सम्बोधन गर्दै बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने दाबी गरेका हुन्।

उनले भने, ‘केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ ।’

अबको राजनीतिक विकल्प भनेको कांग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो।

‘काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,’ बस्नेतले भने।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाइ थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३८ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको