ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ « Khabarhub

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो।

पीडित युवतीले आफूमाथि ठमेलमा दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गर्दै संलग्न व्यक्तिको खोजी तीव्र पारेको थियो।

खोजतलासका क्रममा कलङ्कीमा लुकिछिपि बसिरहेको अवस्थामा शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ राखिएको छ भने घटनाको थप कारण र विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : १२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला