कोरोना भाइरसको संक्रमण बढेपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यू « Khabarhub

कोरोना भाइरसको संक्रमण बढेपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यू


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी(दि हेग)- कोभिड- १९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको अवधि बढाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्यूको समय पनि बढाइएको जनाएका छन् ।

दोस्रो लहरको भाइरसको प्रकोपपछि कर्फ्यूको समयावधि बढाइएको प्रधानमन्त्री मार्क रुटले बताएका छन् ।

‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ,’ प्रधानमन्त्री रुटले भने ।

आगामी मार्च ३ तारिखदेखि अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने उनले जानकारी दिए । प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने उनले जानकारी दिए ।

कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यूको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।

नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४:३० बजेसम्म कर्फ्यू लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्यूको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ४२ बजे

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी