मुक्तिनाथ विकास बैंक बन्यो मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक « Khabarhub

मुक्तिनाथ विकास बैंक बन्यो मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा आकर्षण ब्याजदर स्किम ल्याएको छ।

बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो।

व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो।

ग्राहकले यो स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको रकम मुद्दति निक्षेपका रुपमा राख्न सक्नेछन्। यो स्किम फागुन मसान्त, ०७७ सम्म लागू हुने बैंकले जनाएको छ।

बैंकले आफूलाई पायक पर्ने शाखामा गई मुद्दती खाता खोल्न अथवा यो लिंकबाट अनलाईनमार्फत खाता खोल्न सकिने जनाएको छ ।

कोरोना कहरबीच चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ।

कुल १७ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथले नाफा, वितरणयोग्य मुनाफा, चुक्तापुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खुद ब्याज आम्दानीजस्ता सूचकहरुमा अब्बल देखिएको हो। समीक्षा अवधिमा यो बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ। यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो।

खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ। यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

मुक्तिनाथले सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ५९ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई