आगामी कदमबारे देउवा र प्रचण्ड-नेपाल बीच भेटवार्ता | Khabarhub Khabarhub

आगामी कदमबारे देउवा र प्रचण्ड-नेपाल बीच भेटवार्ता


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवर्ता गरेका छन् ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । चितवनबाट काठमाडौँ आइपुगे लगत्तै उनीहरू देउवा निवास गएका थिए ।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार तीन नेताबीच प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको राजनीतिक परिस्थिति र आगामी कदमका बारे संक्षिप्त कुरा भएको छ ।

प्रचण्ड र नेपाल करिब आधा घण्टा देउवा निवासमा बसेको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : २८ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल