‘स्लमडग मिलेनियर’ अभिनेताविरुद्ध यौन हिंसाको उजुरी | Khabarhub Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेताविरुद्ध यौन हिंसाको उजुरी


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा समिर मल्लिक भूमिकामा अभिनय गर्ने अभिनेता मधुर मित्तललाई यौन हिंसाको आरोप लागेको छ । पूर्व प्रेमिकामाथि प्रेमिकाकै घरमा यौन हिंसा गरेको भन्दै मित्तलविरुद्ध खार प्रहरी थानामा उजुरी परेको हो ।

फ्रि प्रेस जर्नलमा प्रकाशित समाचार अनुसार प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रवक्ताका अनुसार पूर्व प्रेमिकामाथि फेब्रुअरी १३ मा यौन हिंसा गरेको उजुरीमा उल्लेख छ ।

टेलिभिजन शो ‘शाका लाका बुम बुम’मा ‘टिटो’को भूमिकामा अभिनय गरेका मित्तलमाथि प्रेमिकाको घरमा विना अनुमति प्रवेश गरेर उनीमाथि यौन हिंसा गरेको उजुरी परेको प्रहरीले जनाएको छ । मित्तलमाथि उजुरी गर्ने पूर्व प्रेमिका बान्द्राकी हुन् ।

समाचार अनुसार ती महिलालाई मित्तलले गत वर्षको डिसेम्बरमा भेटेका थिए । महिलाको वकिल निरञ्जन सेठ्ठीले ती महिलालाई भेटेको दुई हप्तामै मित्तलले जबरजस्ती मदिरा पिलाएको दाबी गरेकी छन् ।

यो घटनापछि गत फेब्रुअरी ११ मा ती महिलाले मित्तलसँग सम्बन्ध तोडेकी थिइन् । तर त्यसको दुई दिनमा उनको घरमै पुगेर मित्तलले यौन हिंसा गरेका थिए ।

‘मधुर मित्तल निकै आक्रोशित थिए । उजुरीकर्ताको कोठामा प्रवेश गरी उनको घाँटी १५ पटकसम्म थिची धेरैपटक थप्पड हानेका थिए । महिलाको शरीरको विभिन्न अंकमा हिर्काएर उनीमाथि यौन हिंसा गरे । यो घटनापछि उनी गम्भीर घाइते भएकी छन्’, वकिलले पेस गरेको उजुरीमा भनिएको छ ।

मधुराका विरुद्ध इण्डियन प्यानल कोडमा यौन हिंसा, यौन दुव्र्यवहारका विषयमा उजुरी गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : २७ बजे

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार