सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव « Khabarhub

सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् ।

भेटबारे सभापदि देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको छ । उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ । सभापतिले पार्टीमा छलफल गर्छु भने ।’

कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाइएको छ ।

स्वकीय सचिव देउवाले भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइनसकेको बताए । पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ०७ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।