सर्वोच्चको स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई धक्का ! « Khabarhub

सर्वोच्चको स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई धक्का !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले मंगलबार आफ्नो निर्णय नसुनाएको हुँदाे हाे त सायदै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका प्रतिष्पर्धीहरु स्क्रिप्टलाई फाइनल गर्नमै व्यस्त हुन्थे । तर मंगलबारबाट परिवर्तन भएको राजनीतिक माहौलको केही असर यो रियालिटी शोलाई पनि पर्यो ।

शोका निर्देशक विशाल भण्डारी बुधबार दोस्रो सिजनको घोषणा कार्यक्रममा अदालतको निर्णयले आफ्नो शोलाई पारेको आकस्मिक असर बारे पत्रकारलाई सुनाउदैथिए ।

‘हाम्रा कमेडियनले लेख्ने ८० प्रतिशत कन्टेन्ट राजनीतिमा नै हो । हिजो राजनीतिक सिनारियो यसरी उल्टियो कि मेरा सबै कमेडियनहरु आफ्नो कन्टेन्टलाई रिराइट गर्नका लागि होस्टल पुग्नुभएको छ ।’, विशालले भने ।

उनले शोको सुटिङ नजिक आइसकेकाले कमेडियनहरु होस्टलमा तयारी गरिरहेको खुलाए । उनले गतवर्ष गुणस्तरीयता, प्रस्तुतीकरण, कन्टेन्ट डिजाइनका कुरा लिएर आफूहरुले देखेको सपना पुरा नभएपनि यसवर्ष त्यसलाई पुरा गर्ने दाबी गरे ।

अघिल्लो वर्ष हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका थिए । यो वर्षका लागि आगामी फागुन २१ गतेबाट ‘फिजिकल अडिसन’ हुँदैछ । शोको चैत ६ गते ग्राण्ड प्रिमियर हुँदैछ । शो कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरमा प्रसारण हुनेछ ।

कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरका स्टेसन मेनेजर दिनेश डिसीले पाँच वर्षसम्मका लागि निर्माण टिम र प्रसारण टिमसँग सम्झौता भएको बताए ।

शोमा अघिल्लो संस्करणमा झैं निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै हुनेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : १५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान