संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको विजय जुलुस | Khabarhub Khabarhub

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको विजय जुलुस


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद् विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको दाहाल-नेपाल समूहले काठमाडौँमा विजय जुलुस निकालेको छ ।

प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसला आएदेखि नै विजय जुलुस निकालेको दाहाल-नेपाल समूहले बुधबार काठमाडौंमा पनि विजय उत्सव मनाएको हो ।

शान्ति बाटिकाबाट सुरु भएको विजय जुलुस जमल, दरबारमार्ग, जयनेपाल हल, पुतलिसडक हुँदै राष्ट्रिय सभागृह अगाडि गएर सभामा परिणत हुनेछ ।

उक्त सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले संवोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । जुलुसमा नेताहरु जनार्दन शर्मा, नेतृ पम्फा भूसाल, अम्रित बोहरा, युवासंघका नेता रामप्रसाद सापकोटालगायत सहभागी छन् ।

यसअघि, मंगलबार साँझ यो समूहले दीपावली गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै दाहाल-नेपाल समूहले संसद् पुनस्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र