संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको विजय जुलुस « Khabarhub

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको विजय जुलुस


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद् विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको दाहाल-नेपाल समूहले काठमाडौँमा विजय जुलुस निकालेको छ ।

प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसला आएदेखि नै विजय जुलुस निकालेको दाहाल-नेपाल समूहले बुधबार काठमाडौंमा पनि विजय उत्सव मनाएको हो ।

शान्ति बाटिकाबाट सुरु भएको विजय जुलुस जमल, दरबारमार्ग, जयनेपाल हल, पुतलिसडक हुँदै राष्ट्रिय सभागृह अगाडि गएर सभामा परिणत हुनेछ ।

उक्त सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले संवोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । जुलुसमा नेताहरु जनार्दन शर्मा, नेतृ पम्फा भूसाल, अम्रित बोहरा, युवासंघका नेता रामप्रसाद सापकोटालगायत सहभागी छन् ।

यसअघि, मंगलबार साँझ यो समूहले दीपावली गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै दाहाल-नेपाल समूहले संसद् पुनस्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ५९ बजे

पाँचथरको फालेलुङमा पहिरोले ११ परिवार विस्थापित, ४६ घर उच्च जोखिममा

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका– ५ लुङ्मादिनमा साउन ९ र १०

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ