देउवासँग भेटेर फर्किएका प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे जसपाका नेता श्रेष्ठ « Khabarhub

देउवासँग भेटेर फर्किएका प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे जसपाका नेता श्रेष्ठ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

त्यसको केही घण्टामै नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न जसपाका नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् । प्रचण्ड र श्रेष्ठबीच पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्तावमार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समीकरणका लागि कांग्रेसको साथ खोजीरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ३६ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार