ओलीको सेटिङ युग सकियो, अब उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: सुरेन्द्र पाण्डे « Khabarhub

ओलीको सेटिङ युग सकियो, अब उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: सुरेन्द्र पाण्डे


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको फैसलाले ओलीको ‘सेटिङ युग’ सकिएको बताएका छन् ।

आज भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतको पुन:र्स्थापना फैसलाले ओलीको सेटिङ ‘टाइँ टाइँ फिस’ भएको बताउँदै उनले भने, ‘ओलीको सेटिङ गयो, समाप्त भयो, ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो ।’

कार्यक्रममा बोल्दै उनले नेपालमा अझै पनि न्याय नमरेको प्रतिक्रिया दिए । उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको पनि बताए ।

उनले प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरुपयोग गरी जन्मदिन मनाएको समेत आरोप लगाए । उनले ओलीलाई पदमा बस्ने हैसियत नभएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रहसमेत गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४१ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।