आजै संसदीय दलको बैठक बोलाउने नेकपा ‘दाहाल-नेपाल’ समूहको निर्णय « Khabarhub

आजै संसदीय दलको बैठक बोलाउने नेकपा ‘दाहाल-नेपाल’ समूहको निर्णय


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटिको बैठकले आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएकाले अब प्रक्रियामार्फत अघि बढ्ने निर्णय समेत प्रचण्ड नेपाल समूहको नेकपाको स्थायी कमिटिले गरेको छ ।

‘केपी ओलीले तत्कालै राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौँ, तर अहिलेसम्म राजीनामा नदिएको अबस्थामा प्रतिनिधिसभाको बैठकमार्फत् प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

स्थायी कमिटिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई समेत स्वागत गर्ने निर्णय गरेको छ । बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासालाई सुदृढ गर्दै सामाजिक न्यायलाई काम राख्न गम्भिर आत्मसमिक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्ड र माधवकुमार नेपालले आज गरेको भेटबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने,‘प्रतिगमनका विरुद्ध पनि कांग्रेससँग सहकार्य गर्न चाहन्थ्यौँ । तर कांग्रेसले निर्णय गर्न सकेन । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा मिलेर जान कांग्रेस सभापति शेरबहादुर देउवासँग आज छलफल भएको हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ५३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र