आजै संसदीय दलको बैठक बोलाउने नेकपा ‘दाहाल-नेपाल’ समूहको निर्णय « Khabarhub

आजै संसदीय दलको बैठक बोलाउने नेकपा ‘दाहाल-नेपाल’ समूहको निर्णय


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटिको बैठकले आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएकाले अब प्रक्रियामार्फत अघि बढ्ने निर्णय समेत प्रचण्ड नेपाल समूहको नेकपाको स्थायी कमिटिले गरेको छ ।

‘केपी ओलीले तत्कालै राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौँ, तर अहिलेसम्म राजीनामा नदिएको अबस्थामा प्रतिनिधिसभाको बैठकमार्फत् प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

स्थायी कमिटिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई समेत स्वागत गर्ने निर्णय गरेको छ । बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासालाई सुदृढ गर्दै सामाजिक न्यायलाई काम राख्न गम्भिर आत्मसमिक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्ड र माधवकुमार नेपालले आज गरेको भेटबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने,‘प्रतिगमनका विरुद्ध पनि कांग्रेससँग सहकार्य गर्न चाहन्थ्यौँ । तर कांग्रेसले निर्णय गर्न सकेन । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा मिलेर जान कांग्रेस सभापति शेरबहादुर देउवासँग आज छलफल भएको हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ५३ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।