जेठको दोस्रो साताबाट एसईई, पाँच लाख परीक्षार्थी सहभागी हुँदै « Khabarhub

जेठको दोस्रो साताबाट एसईई, पाँच लाख परीक्षार्थी सहभागी हुँदै


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले (९–१०) यस वर्षको एसइई परीक्षा आगामी वर्षको जेठ महिनाको दोस्रो साताबाट सुरु हुने जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको र जेठको दोस्रो साताभित्र एसईईको परीक्षा सञ्चालन गर्ने गरी काम भइरहेको खबरहबलाई जानकारी दिए ।

‘परीक्षाको लागि प्रश्नपत्र तयार गर्ने लगायत काममा जुटिरहेका छौँ, बोर्डले गर्नुपर्ने आन्तरिक कार्य सकेर केही समयपछि परीक्षाको मिति सार्वजनिक गर्छौं,’ उनले भने ।

एसईईमा पाँच लाख परीक्षार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षामा करीब पाँच लाख परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको परीक्षा नियन्त्रक खकुरेलले बताए ।

अघिल्लो वर्षको जसरी परीक्षा दिन पाइन्छ भन्ने आशले यो वर्ष ग्रेड वृद्धिका लागि धेरै पुराना विद्यार्थीहरुले समेत परीक्षा आवेदन फाराम भरेको उनले जानकारी दिए ।

नेपाल सरकारले शिक्षा नियमालीको नवौं संशोधन गरेर जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रोभित्र सुरु गर्ने गरी तयारी गरि रहेको छ ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको बोर्डले यो वर्ष भने राष्ट्रियस्तरमै परीक्षा सञ्चालन गर्ने भएको छ ।

संविधानले माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि एसईई परीक्षा सञ्चालन ऐन नबनेका कारण सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी यस वर्षको एसईई सञ्चालनको अधिकार बोर्डलाई दिएको थियो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : १० बजे

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले