चम्पादेवी माविको पुनर्निर्माण कार्य शुरू « Khabarhub

चम्पादेवी माविको पुनर्निर्माण कार्य शुरू


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य शुरू भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो विद्यालयको भवन बुधबार एक कार्यक्रमकाबीच भूमि पुजन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले संयुक्त रुपमा भूमि पुजन कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो । शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय हो ।

६ करोड ८५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको यस चम्पादेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ ।

नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछन् । जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन्।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान ( सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान ( सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

भारतले नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्न ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : २६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई