सञ्चारकर्मीलाई ‘कोभिड–१९ छात्रवृत्ति’ « Khabarhub

सञ्चारकर्मीलाई ‘कोभिड–१९ छात्रवृत्ति’


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने सञ्चारकर्मीका लागि ‘कोभिड–१९ छात्रवृत्ति’ घोषणा गरेको छ ।

कोभिडका समयमा धेरै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको र आयमा कटौती भएकाले उनीहरु अध्ययन गर्ने चाहनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी दिए ।

अध्ययन गर्न चाहने सबैलाई ५० प्रतिशत र शुन्य आय भएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचान गरी शतप्रतिशतसम्म छात्रवृत्ति दिइने उनले जानकारी दिए । महिला सञ्चारकर्मीको पढाइमा अझ स्तरोन्नति होस् र पढ्नेको सङ्ख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

सो कलेजले सन् २०१० देखि स्नातकोत्तरमा तथा आगामी शैक्षिकसत्रदेखि स्नातक र पोष्ट ग्र्याजुएट डिप्लोमा कोर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : १० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ