माउन्ट केटु आरोही निर्मलले भने : नेपाली आरोही भरिया मात्र होइनन् « Khabarhub

माउन्ट केटु आरोही निर्मलले भने : नेपाली आरोही भरिया मात्र होइनन्


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताए ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको बताए ।

आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उनको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाए ।

नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताए ।

“विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन”, पुनमगरले भने । उनले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाएका छन् ।

“मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने”, उनले विगत सम्झिँदै भने, “म आफ्नो लक्ष्यमा निरन्तर लागिरहेँ, आज सफलता मिलेको छ ।”

माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेको उनले सुनाए ।

“लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौँ”, उनले भने ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष