शेरे : साहुजी एक किलो जुलेबी जोख्नुस् ।
पसले : जोखे अरु के दिउँ ?
शेरे : अरु एक किलो पेडा जोख्नुस् ।
पसले : जोखे भन्नुस् अरु के दिउँ ?
शेरे : एक किलो रसबरी पनि जोख्नुस् ।
पसले : खुशी हुँदै, यति मात्रै ?
शेरे : के को यति मात्रै, त्यो जुलेबी पेडा रसवरी एउटै भाँडोमा हाल्नुस अनि एक किलो दही आधा किलो चिनी र एक लिटर दुध हालेर मज्जासँग मुछ्नोस् । पसलेले पनि खुशी हुँदै शेरेले जे जे भन्छ त्यही गर्दै गयो । सबै एकै ठाउँमा हालेर मुछिसकेपछि शेरेले हात थाप्दै भन्यो—
शेरे : अलिकति यहाँ हाल्नुस् त चाखौँ पसलेले चाख्नको लागि शेरेको हातमा हालिदियो । शेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै भन्यो,
शेरे : वाह क्या मिठो भएछ, खै पाँच रुपैयाँको देऊ त साउजी…..
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया