राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता आज « Khabarhub

राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता आज


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- वाग्मती प्रदेशको राजधानी हेटौँडामा आज सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।

मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो  ।

स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ ।

प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ ।

सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ  ।

प्रतियोगिता यही चैत १४ गते शनिबारसम्म चल्ने  आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले रु ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ३० हजार र रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : २५ बजे

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक