सात रेड पाण्डाको छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ « Khabarhub

सात रेड पाण्डाको छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सात रेडपाण्डा (रातो हाब्रे)को छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले जानकारी दिए ।

कटवालले भने, ‘हामीलाई आएको विशेष सूचनाका आधारमा परिचालित प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले सात रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डा मार्न प्रयोग गर्ने पासो पनि बरामद गरिएको छ ।’

छाला र पासोसहितका उनीहरुलाई घरैबाट सोमबार साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा महाकुलुङ-२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ-३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरीदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख कटवालले बताए ।

यो समूहलाई पक्राउ गरिएसँगै रेडपाण्डाको सिकार गर्ने र तस्करी गर्ने गिरोह समाप्त भएको कटवालले बताए ।

अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानूनी कारवाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार उनीहरुलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : २४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल