प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु « Khabarhub

प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् ।

जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु.१० हजारसहित पुरस्कार प्रदान गरिने छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेलकूद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको बताइन । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : २२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले