‘पठान’मा शाहरुखलाई सय करोड पारिश्रमिक « Khabarhub

‘पठान’मा शाहरुखलाई सय करोड पारिश्रमिक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खान भारतको लोकप्रिय अभिनेता हुन् । यो कुरामा कुनै शंका नै छैन ।

यही लोकप्रियताको कारण उनले मागे जति पारिश्रमिकमा निर्माताहरु उनलाई फिल्ममा अनुबन्धित गराउछन् भन्ने पछिल्लो उदाहरण फिल्म ‘पठान’लाई हेरे पुग्छ ।

शाहरुखका पछिल्ला फिल्म बक्सअफिसमा फ्लप रहे पनि उनले यशराज फिल्मस्को ‘पठान’मा आफूले मागे जति पारिश्रमिक पाएका छन् । जुन पारिश्रमिक आमिर खान र सलमान खान भन्दा धेरै बढी हो ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् । यसअघि यति धेरै पारिश्रमिक बलिउडमा कोही कलाकारले लिएका थिएनन् ।

फिल्म ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम र डिम्पल कपाडियाको अभिनय छ । फिल्ममा अभिनेता सलमान खानको पनि विशेष केमियो रहनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी