महिलालाई निर्णय प्रक्रियामा सामेल गराउन सरकार क्रियाशील छ : मन्त्री महतो « Khabarhub

महिलालाई निर्णय प्रक्रियामा सामेल गराउन सरकार क्रियाशील छ : मन्त्री महतो


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन तथा निर्णय प्रक्रियामा सामेल गराउँदै समावेशी, न्यायपूर्ण र समतामूलक समाज सिर्जना गर्न नेपाल सरकार क्रियाशील रहेको बताएकी छिन् ।

महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६५ औँ बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उनले सन् २०३० सम्ममा लैङ्गिक समानतासम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न अन्तरराष्ट्रिय सहयोग अभिवृद्धिका साथै महिलाहरूलाई सार्वजनिक जीवनमा सहभागी हुन नदिने संरचनागत व्यवधान हटाउन अपरिहार्य भएको बताइन् ।

मन्त्री महतोले समान वंशाधिकार र सम्पत्तिमाथिको अधिकार, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, राज्यका सबै संरचनामा संवैधानिक व्यवस्थानुसार नै महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिएको जानकारी दिनुभएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपाल सरकारले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको तथा हालै लागू गरिएको राष्ट्रिय लैङ्गिक समानता नीति, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश तथा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशले शासनका सबै तहलाई लैङ्गिकमैत्री बनाउन सहयोगी हुने मन्त्री महतोले बताइन् ।

संघीय, प्रादेशिक र स्थानीय तहमा महिलाको बढ्दो प्रतिनिधित्वले महिलामाथि हुने सबै भेदभावको अन्त्य भई लैङ्गिक समानता र महिला सशक्तीकरणमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउने तथा उनीहरूलाई निर्णय प्रक्रियामा सामेल गराउने विषयमा यही चैत २ देखि १३ गतेसम्म उक्त बैठक भइरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ५९ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ