काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए कारबाही ! « Khabarhub

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए कारबाही !


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– कोरोना भाइरसको जोखिम बढ्न थालेसँगै  काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वलाई आफ्नो घरभित्र नै सीमित रही सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजकि/भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।’

प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ४५ बजे

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त