मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य | Khabarhub Khabarhub

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।

तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए ।

“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।”

विसं २०५४ मा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारामार्फत औलाका विभिन्न टोलमा खानेपानी वितरण गरिएको थियो । पछिल्लो समय प्रायजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको मुहान पूर्णरुपमा सुकेको चार महिना भयो । मुहान सुकेपछि रिजर्भ ट्याङ्कीमा संसारेखोलाको पानी हालिएको छ ।

खोलाको पानी दूषित भएको, गाईबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताइन् ।

“खोलाको पानी दूषित छ”, उनले भनिन्, “गाईभैँसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौँ । साह्रै गाह्रो भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाइ गर्न र गाईबस्तुलाई खुवाउन समस्या भएको छ ।

मण्डली आधारभूत विद्यालयका विद्यार्थी पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । विद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ ।

धारामा पानी नआउँदा औलावासी घण्टौँ पालो कुरेर त्यही मुहानको पानी भर्छन् । बुहउद्देश्यीय सभाहल निर्माण योजनासमेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

खोलाको मुहानभन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ ।

लामो खडेरीले भूकम्पले खल्बलाएको मुहानमा असर परेर सुकेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गराउने तथा दीर्घकालीन हिसाबले निजी धारासहितको आयोजना निर्माण गर्न पहल गरेको बताए ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाँडफाँट भइसकेकाले बजेटको अभाव भयो”, उनले भने, “आउने वर्षमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारमार्फत बजेट विनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।”

रिमामा यो वर्ष प्रदेश सरकारले ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ४१ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति