अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा « Khabarhub

अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिबन्ध लगाएको ११ दिनपछि फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

तर खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी भने अझै दिइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को प्यानलले अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप लगाउन थालिने निर्णय गरेको हो ।

जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको ब्लड क्लट्सको समस्या देखिएपछि त्यसको प्रयोगमा रोक लगाइएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको