कोरोना संक्रमणको बेवास्ता गर्दै भारतको सुनौंली बजारमा नेपालीको लर्को « Khabarhub

कोरोना संक्रमणको बेवास्ता गर्दै भारतको सुनौंली बजारमा नेपालीको लर्को



रुपन्देही- भारतमा पछिल्ला तीनमा कोरोना संक्रमितको संख्या लगातार तीन लाखबाट उकालो लागेको छ ।

खुला सीमाना भएको नेपाल पनि त्यसको उच्च जोखिममा छ । भारतमा संक्रमण अस्वाभाविक तवरले बढिरहँदा नेपाल सरकारले भने सीमा क्षेत्रमा कडाइ गरेको छैन ।

सीमा क्षेत्रमा भएको निर्बाध आवातजावत कायमै राखिँदा नेपाल भारत सीमा जोडिएको बेलहिया नाका हुँदै दैनिक सयौँ नेपाली किनमेलको लागि भारतको सुनौंली बजार जाने गरेका छन् ।

नेपालमा भन्दा भारतमा खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामान सस्तोमा पाइने लोभमा नेपालीहरु कोरोनाको जोखिममा पनि भारत जान छाडेका छैनन् ।

संक्रमण उच्च भएपछि भारतका कतिपय राज्य फेरि लकडाउनमा गएका छन् । यसैकारण रोजगारी गुमाएका नेपालीहरू धमाधम नेपाल फर्कन थालेका छन् ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वमै शीर्ष स्थानमा पुगेको भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीसमेत दैनिक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । तर उनीहरूको स्वास्थ्य परीक्षण भने प्रभावकारी भएको छैन ।

नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र गरिँदै आएको छ । संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण गरिए पनि  बजार गएर फर्किएका नेपालीको भने परीक्षण नै गरिँदैन । जसले संक्रमणको जोखिम बढाएको छ ।

सुनौंलीमा किनमेलको लागि भैरहवा, तिलोत्तमा , बुटवल, सैनामैना, देवदहबाट दैनिक सयौं मानिस जाने गरेका छन् ।

सुनौंलीमा सस्तो मूल्यमा सामान किन्न पाईने हुँदा कोरोनाको जोखिम मोलेर बजार गर्न गएको भैरहवाकी देवी बेलबासेले बताईन् । मास्क, सेनटाईजर लगाएर बजार गएकाले संक्रमणको जोखिम कम रहेको उनी बताउँछिन् ।

मूल्यमा एकरूपता नभएसम्म यस्तो समस्या कायमै रहने जानकारहरू बताउँछन् ।

‘नेपालमा भन्दा सुनौंलीमा सस्तो छ । केही पैसा भए पनि बच्छ । एक पटक जाँदा महिनाभर पुग्ने चिनीसहितका अन्य खाद्य वस्तु र लत्ताकपडा पनि ल्याउँछौँ,’ बुटवलकी रेनुका विष्टले भनिन् । कोरोनाको जोखिम भनेर हल्ला गरिए पनि सीमा क्षेत्रमा तदअनुरूपको कडिकडाउ नभएको उनले बताइन् ।

आवातजावात तत्काल रोकौँ

भारतमा ज्यामितीय गतिमा बढिरहेको संक्रमण बेलैमा सतर्कता नअपनाए खुला सीमा रहेको नेपालमा पनि फैलने विज्ञहरू बताउँछन् ।

खुला सीमाबाट भइरहेका निर्बाध आवातजावत नरोके संक्रमण घर–घरसम्म फैलिने चेतावनी स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले दिए ।

‘भारतमा संक्रमण नियन्त्रणबाहिर पुग्दा पनि मानिसहरु सहज रुपमा आवत जावत गरेका छन्,’ गिरीले भने, ‘यो गम्भीर भूल हुन सक्छ  तत्कालै प्रशासनले कडाइ गरोस् ।’

अहिले भारतको महाराष्ट्र, दिल्लीसहितका ११ वटा राज्य कोरोनाको हटस्पट भएको छ ।

अहिलेको भाईरस पहिलेको भन्दा संक्रामक र बालबालिकालाई बढी असर गर्ने खालको भएको चिकित्सकहरूले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बैशाख १ गतेदेखि ८ गतेसम्म ९५५ महिला र २ हजार २६४ पुरुषसहित ३ हजार २ सय १९ सो नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, किनमेलको लागि आउने जाने नेपालीको यकिन तथ्याङ्क भने छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : २२ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग