आज एक ऐतिहासिक काम सम्पन्न भएको छ : विद्यासुन्दर शाक्य | Khabarhub Khabarhub

आज एक ऐतिहासिक काम सम्पन्न भएको छ : विद्यासुन्दर शाक्य


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको बताएका छन् ।

पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताए ।

उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गरेका छन् ।

शुभकामना मन्तव्यका क्रममा केपी ओली नेतृत्वको सरकारको तारिफ गरेका उनले भने, ‘प्रधानमन्त्रीको अठोटकै कारण आज देश विकासको गतिमा फड्को मारेको छ । यो आँट र शाहस देखाउने प्रधानमन्त्रीलाई धन्यवाद ।’

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १२ : २६ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि