काठमाडौं–गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर छ ।
दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदिप पराजुलीको निर्देशन छ । भिडियोमा पल शाह, साहारा राई र शशी राई लोहोरुङ फिचर्ड छन् ।
सागर प्रधानको छायांकन रहेको भिडियोमा ध्रुवराज पराजुली ‘प्रज्जवलित’को सम्पादन र मनिता राईको कोरियोग्राफी छ ।
प्रतिक्रिया