प्रदेश सरकारको पहिलो भवन शिलान्यास « Khabarhub

प्रदेश सरकारको पहिलो भवन शिलान्यास


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलान्यास गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गरेकी हुन् । उनले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताइन ।

प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गरे ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७/०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताए ।

प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तर्गत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उनले बताए ।

उक्त भवन निर्माण्का लागि गत चैत २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : २० बजे

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौं– अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौं–  परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो

सुजनले चौथोपटक छेडे जिब्रो

काठमाडौं– भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्कालाई

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड

एजेन्सी– अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन,