कोरोना संक्रमणको संक्रमण दर उच्च, जोखिममा बालबालिका र युवा « Khabarhub

कोरोना संक्रमणको संक्रमण दर उच्च, जोखिममा बालबालिका र युवा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढि रहेको छ । कोरोना संक्रमण अघिल्लो वर्ष भन्दा फरक ढंगको देखिएको छ ।

अघिल्लो वर्ष वृद्धवृद्धाहरूमा संक्रमण बढी देखिएको थियो भने पछिल्लो केही समययता युवा र बालबालिकाहरू संक्रमण धेरै देखिएको छ ।

शुक्रबार मात्रै २ हजार ५५९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा युवा र बालबालिकाको सूमह धेरै छ ।

शुक्रबार संक्रमण धेरै देखिनेमा २० देखि २९ वर्ष समूहका युवाहरू रहेका छन् । यो उमेर समूहका ६४५ जनामा संक्रमण देखिएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या २०७८ वैशाख १ गतेको तुलनामा ३६७ प्रतिशतले बढि हो । वैशाख १ गते यो उमेर समूहको संक्रमति संख्या १३८ रहेको थियो ।

त्यसपछि शुक्रबार संक्रमति हुनेमा ३९ वर्ष भन्दा तल र ३० वर्ष भन्दा माथिका ५९३ जना रहेका छन् । यो संख्या वैशाख १ गते तुलनामा करिब ३१४ प्रतिशतले बढी हो । १ गते यो उमेर समूहका संक्रमतिको संख्या १४३ रहेको थियो ।

१९ वर्ष भन्दा कम र १० वर्ष माथिको उमेर समूहका १९९ जना बालबालिकामा शुक्रबार कोरोना संक्रमण देखिएको छ । यो संख्या वैशाख १ गतेको भन्दा करिब ३१४ प्रतिशतले बढी हो । वैशाख १ गते यो उमेर समूहका संक्रमितको संख्या ४८ रहेको थियो ।

त्यस्तै ० देखि ९ वर्ष भन्दा कम उमेर समूहमा पनि पछिल्ला केही दिनदेखि तीव्र रुपमा कोरोना संक्रमण वृद्दि भइरहेको छ ।

शक्रबार मात्रै यो उमेर समूहका ५४ जना बालबालिकामा संक्रमणदेखिएको छ । जुन वैशाख १ गतेको भन्दा करिब १४५ प्रतिशतले बढी हो । वैशाख १ गते यो उमेर समूहका २२ जना बालबालिका मात्र संक्रमित भएका थिए ।

कोरोना संक्रमण बढेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अतिप्रभावित जिल्लाको रुपमा घोषणा गरेको छ ।

त्यस्तै शहरी क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरू वैशाख मसान्त सम्मको लागि बन्द गरिएका छन्, भने यातायात, होटल, सभा सम्मेलन लगायत अन्य क्षेत्र सञ्चालनमा कडाई गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै बुधावारदेखि लागु हुनेगरी आगामी १५ गतेसम्मको लागि लकडाउन गरेका छ ।

कोरोना महामारीलाई हेलाची गरे यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

जोखिममा युवा र बालबालिका

१० गते शुक्रबार मात्रै २ हजार ५५९ जनामा कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

संक्रमित मध्ये अधिकांश युवा र वालबालिका उमेर समूहका छन् । जसमा २९ वर्ष भन्दा कम र २० वर्ष भन्दामाथि उमेर समूहका युवाहरूको संख्या ६४५ सबै भन्दा धेरै छ ।

त्यस्तै ३९ भन्दा कम र ३० वर्ष भन्दामाथि उमेर समूहका ५९३ मानिसहरूमा संक्रमणदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ वर्ष भन्दा तल र १० वर्षमाथिका १९९ र ९ वर्ष भन्दा कम उमेरका ५४ जना बालबालिकामा शुक्रबार संक्रमण देखिएको छ ।

९ गते ३०-३९ वर्षको समूहका ५५५ जनामा र २०-२९ वर्ष समूहका ५७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै, १०-१९ वर्षसम्मका १८८ जना र ०-९ वर्षका ५१ जनामा बालबालिकामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ गते बुधवार ३९ मुनिका ५६४ जना, २९ वर्ष मुनिका ५४८ जना, १९ वर्ष भन्दा कम उमेरका २२४ र ९ वर्ष भन्दाकम उमेर समूहका ५१ बालबालिकमा संक्रमण देखिएको थियो । रहेको थियो ।

७ गते मंगलबार जम्मा १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३०-३९ वर्षको उमेर समूहका ४१७ जना, २०-२९ वर्षका ३७० जना, १०-१९ वर्ष उमेर समूहका १५० जनामा र ०-९ वर्ष उमेर समूहका ४३ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै ६ सोमबार ३०-३९ वर्ष उमेरका २७५ जना युवामा, २०-२९ वर्ष उमेर समूहका ३०७ जना, १०-१९ वर्ष उमेर समूहका ७४ जना र ९ वर्ष भन्दा कम उमेर समूहका २४ जना बालबालिकामा संक्रमण देखिएको थियो ।

५ गते आइतबार ३०-३९ वर्ष उमेर समूहका २६६ जना युवाहरूमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै २०-२९ उमेर समूहका २२२ जना, १०-१९ वर्षका ९१ जना र ०-९ वर्ष उमेर समूहका २१ जना बालबालिका संक्रमित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ४४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन