गण्डकीमा ओली समूहबाट पृथ्वीसुब्बालाई प्रदेश इन्चार्जको जिम्मेवारी « Khabarhub

गण्डकीमा ओली समूहबाट पृथ्वीसुब्बालाई प्रदेश इन्चार्जको जिम्मेवारी


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा— नेकपा एमाले ओली समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुनः गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । एमाले स्थायी समिति सदस्यसमेत रहेका गुरुङ यसअघि साविक नेकपाको पनि प्रदेश इन्चार्ज थिए ।

प्रदेश सह–इन्चार्जको जिम्मेवारी तीन जनाले पाएका छन् । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघीय सरकारको कृषिमन्त्री पद्मा अर्याल र लिलबहादुर थापा मगरलाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्री गुरुङलाई बैदेशिक रोजगार सम्बद्ध संगठनहरुको इन्चार्जसमेत तोकिएको छ । मन्त्री अर्यालले भने सहइन्चार्जका साथै कृषि तथा भूमिसुधार विभाग प्रमुखको जिम्मेवारी पनि पाएकी छन् ।

यस्तै, एमालेले जगत विश्वकर्मालाई गण्डकी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी तोकेको छ । विश्वकर्मालाई पर्वत जिल्ला इन्चार्ज समेत बनाइएको छ ।

प्रदेश सचिवको जिम्मेवारी दिइएको गोबिन्दबहादुर नेपालीलाई मुस्ताङ इन्चार्ज पनि तोकिएको छ ।

यसैगरी, कास्की इन्चार्जमा मानबहादुर जिसी, तनहुँ इन्चार्जमा एकबहादुर रानामगर, म्याग्दी इन्चार्ज भुपेन्द्र थापा, बाग्लुङ इन्चार्ज मनाकुमारी केसी, लमजुङ इन्चार्ज मायानाथ अधिकारी, स्याङ्जा जिल्ला इन्चार्जमा सिताकुमारी सुन्दास, गोरखा र मनाङ जिल्लाको इन्चार्जमा गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका रामशरण बस्नेत र नवलपरासीपूर्वी जिल्लाको इन्चार्ज तिलबहादुर महत क्षेत्री (तिलक) लाई तोकिएको छ ।

कास्की इन्चार्जको जिम्मेवारी पाएका जिसी पोखरा महानगरपालिकाका मेयर समेत हुन् भने स्याङ्जा इन्चार्ज सुन्दास जिल्ला समन्वय समिति महासंघकी केन्द्रीय अध्यक्ष हुन् ।

कास्कीका नेता भीमबहादुर कार्कीलाई पोखरा महानगरपालिका इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कास्कीकै एमालेका नेता पूर्वमन्त्री खगराज अधिकारीले भने स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठनहरुको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा पनि माधव नेपाल पक्षका नेता कार्यकर्ताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यबाहेक अन्य जिम्मेवारी पाएका छैनन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ४६ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित