सुदूरपश्चिममा दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

सुदूरपश्चिममा दुई कोरोना संक्रमितको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर— सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–४ की ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ती महिला बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार कोरोना पुष्टि भएपछि आइसियूमा उपचाररत् उनमा श्वासप्रश्वासमा समस्या देखिएको श्रेष्ठले बताए ।

यस्तै, कञ्चनपुरको भीमदत्त–१८ का ४० वर्षीय कोरोना संक्रमित पुरूषको पनि शनिबार मृत्यु भएको छ । एक हप्ता अगाडि भारतको इन्दौरबाट आएका पुरूषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा ज्वरो आउने लक्षण देखिएको थियो । गत बिहीबार अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पुष्टि भएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो ।

उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए । योसहित सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम