सुदूरपश्चिममा दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

सुदूरपश्चिममा दुई कोरोना संक्रमितको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर— सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–४ की ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ती महिला बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार कोरोना पुष्टि भएपछि आइसियूमा उपचाररत् उनमा श्वासप्रश्वासमा समस्या देखिएको श्रेष्ठले बताए ।

यस्तै, कञ्चनपुरको भीमदत्त–१८ का ४० वर्षीय कोरोना संक्रमित पुरूषको पनि शनिबार मृत्यु भएको छ । एक हप्ता अगाडि भारतको इन्दौरबाट आएका पुरूषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा ज्वरो आउने लक्षण देखिएको थियो । गत बिहीबार अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पुष्टि भएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो ।

उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए । योसहित सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०१ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु