पार्टीलाई कमजोर पार्ने काम एमाले भित्रैबाट भयो : मुख्यमन्त्री राई « Khabarhub

पार्टीलाई कमजोर पार्ने काम एमाले भित्रैबाट भयो : मुख्यमन्त्री राई


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर – १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिस्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् ।

भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरू लागेको आरोप लगाएका हुन् ।

उनले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गरे । राईले पार्टीको विधिविधान बिपरित कसैले पनि काम गर्न नसक्ने भन्दै पार्टी विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताए ।

सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

त्यस्तै मुख्य मन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र विकासको सही ट्र्याकमा हिँडेको जिकिर गरे ।

कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुर काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि