भक्तपुरमा नेपाल समूहको समानान्तर कमिटी गठन « Khabarhub

भक्तपुरमा नेपाल समूहको समानान्तर कमिटी गठन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहले भक्तपुरमा पनि समानान्तर कमिटी गठन गरेको छ । उक्त समूहको भेलाले नेता रञ्जन केसीको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ र पुरुषोत्तम लामिछाने चयन भएका छन् भने सचिवको जिम्मेवारी श्याम बस्नेतलाई दिइएको छ। कमिटीको उपसचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् । केन्द्रीय सदस्य पनि चयन गरेको छ ।
भेलाले सूर्यविनायक नगर इन्चार्जमा दिपक विशुंके, सहइन्चार्जमा दीपेन्द्रराज खत्री, भक्तपुर नगर इन्चार्ज रामगोपाल चगुठी र मध्यपुर थिमि नगर इन्चार्ज प्रेमानन्द श्रेष्ठ, सहइन्चार्जमा राजभाई जयना चाँगुनारायण नगर इन्चार्जमा पुरुषोत्तम लामिछाने र सहइन्चार्जमा बासुदेव खड्का चयन गरेको छ ।

त्यस्तै संगठन विभाग प्रमुख श्याम बस्नेत, प्रचार विभाग प्रमुख निरव थापा र उपप्रमुख दिनेश कार्की, पार्टी स्कुल विभाग पुरुषोत्तम लामिछाने, आर्थिक विभाग राजेन्द्र श्रेष्ठ, युवा इन्चार्ज दिपक थापा र सह-इन्चार्ज निराकर भारती, विद्यार्थी इन्चार्ज लालबहादुर रोकाया, खेलकुद इन्चार्ज दिलिप केसी, महिला विभाग प्रमुख रिता अवाल र उपप्रमुख सरिता खत्री, सहकारी विभाग देवरत्न न्यौपाने र मुक्ति समाज इन्चार्ज बलराम बोगटी र सह-इन्चार्ज उत्तम परियार चयन भएको जानकारी दिइएको छ । अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी गरेको भन्दै यो समूहले देशभर समानान्तर कमिटी गठन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ३० बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)