कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले लिए ब्रिफिङ, लकडाउन सम्मको सुझाव « Khabarhub

कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले लिए ब्रिफिङ, लकडाउन सम्मको सुझाव


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड-१९ संक्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ भएको छ ।

कोभिड–१९ संक्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।

अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकारवाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बैठकमा सहभागीले बताए । सीमामा आउजाउमा कडाई, हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ ।

सीमा नियमनदेखि अन्य सबै प्रक्रियाको बारेमा जानकारी गर्दै प्रधानमन्त्री ओलीलाई छिट्टै लकडाउनमा जानु पर्ने सुझाव दिएको एक सहभागीले बताए । यद्यपि, उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले भएको अवस्था जानकारी गराउने काम भएको मात्र बताउँदै लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा कुनै सिफारिस नभएको बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।

(सीसीएमसी)ले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् । सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।

२४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोभिड-१९ पुष्टि भएको छ । नेपालभर सात हजार ५ सय २५ पीसीआर परीक्षण गर्दा शनिबार यो संख्यामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : २० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित