कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले लिए ब्रिफिङ, लकडाउन सम्मको सुझाव « Khabarhub

कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले लिए ब्रिफिङ, लकडाउन सम्मको सुझाव


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड-१९ संक्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ भएको छ ।

कोभिड–१९ संक्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।

अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकारवाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बैठकमा सहभागीले बताए । सीमामा आउजाउमा कडाई, हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ ।

सीमा नियमनदेखि अन्य सबै प्रक्रियाको बारेमा जानकारी गर्दै प्रधानमन्त्री ओलीलाई छिट्टै लकडाउनमा जानु पर्ने सुझाव दिएको एक सहभागीले बताए । यद्यपि, उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले भएको अवस्था जानकारी गराउने काम भएको मात्र बताउँदै लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा कुनै सिफारिस नभएको बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।

(सीसीएमसी)ले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् । सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।

२४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोभिड-१९ पुष्टि भएको छ । नेपालभर सात हजार ५ सय २५ पीसीआर परीक्षण गर्दा शनिबार यो संख्यामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : २० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु