इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु « Khabarhub

इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम (एएनआई)- इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

“केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धारमा संलग्न अधिकारीहरूले बताए ।

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो ।

अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धारमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।

इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्‍याइएको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ७ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका