काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाका कारण खेल सञ्चालन गर्न योग्य नभएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार बिहीबार रातिदेखि परेको लगातारको वर्षाका कारण मैदान भिजेको र खेल सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।
खेल स्थगित भएसँगै लुम्बिनी र चितवनले एक–एक अङ्क बाँडेका छन् ।
शनिबार नै हुने तालिका रहेको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने तालिका छ । तर, निरन्तरको वर्षाका कारण उक्त खेलसमेत प्रभावित हुने सम्भावना छ ।
गत कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।














प्रतिक्रिया