कोरोना फैलनुअघि नै चिनियाँ ल्यावका अनुसन्धानकर्ता विरामी परेको खुलासा « Khabarhub

कोरोना फैलनुअघि नै चिनियाँ ल्यावका अनुसन्धानकर्ता विरामी परेको खुलासा


१० जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको खुलासा भएको छ ।

अमेरिकी एक गुप्तचर प्रतिवेदनलाई आधार मान्दै वालस्ट्रीट जर्नलले यस्तो खुलासा गरेको हो ।

अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । उनीहरू बिरामी परेको समयावधि महामारी फैलनुभन्दा एक महिना अघि रहेको दाबी जर्नलले गरेको छ ।

उनीहरू बिरामी परेपछि अस्पतालबाट उपचारको सहयता मागिएको पनि समाचारमा उल्लेख छ ।

अमेरिकाले तयार पारेको सो प्रतिवेदनमा वुहानस्थित एक ल्याबमा बिरामी परेका चिनियाँ शोधकर्ताहरूको संख्या, उनीहरू बिरामी परेको समय र अस्पताल गएको लगायत विस्तृत जानकारी राखिएको छ ।

अमेरिकाले कोरोना महामारी चीनबाटै फैलिएको आरोप लगाउँदै आएको छ । यो प्रतिवदेन सार्वजनिक भएसँगै कोरोना महामारी चीनबाटै फैलिएको भन्ने अमेरिकी तर्कमा बल पुग्ने वालस्ट्रीटले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ४५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित