लेखिका डा. बानिरा गिरीको निधन « Khabarhub

लेखिका डा. बानिरा गिरीको निधन


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला स्रष्टा डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको हृदयघातका कारण निधन भएको हो ।

२० दिन अघि कोभिड संक्रमण भएको बानिरालाई हृदयघात भएपछि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उनको आइतबार राति १० बजे निधन भएको हो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । उनी अल्जाइमर्स रोगबाट पनि पीडित थिइन् ।

भारतको दार्जिलिङमा जन्मिएकी बानिकाले त्रिभूवन विश्वविद्यालयबाट कवि गोपालप्रसाद रिमालको काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधी गरिन् ।

उनको ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवनः थामहरू’, ‘शब्दातीत शान्तनु’ र ‘काठमाडौं काठमाडौं’ कविता संग्रह, ‘कारागार’, ‘निर्बन्ध’ उपन्यास, ‘मेरो आविस्कार’ आत्मकथा, ‘रोकिनेले आकार दिन सक्दैन’ यात्रा संस्मरण र ‘पर्वतको अर्को नाम’ तथा ‘पार्वती र जंगल जंगल’ निबन्ध प्रकाशित छन् ।

उनको श्रीमान, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ११ : ५० बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई