विपक्षी गठबन्धनको रिटमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर « Khabarhub

विपक्षी गठबन्धनको रिटमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

संसद पुन: स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश माग गर्दै सर्वोच्चमा दायर हुँदै गरेको रिटमा नेपाल समूहका २३ जान सांसदले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने, ‘कोही जिल्लामा जानुभएको छ । कोही कोभिड भएका कारण उपस्थित हुन सक्नुभएन । आज हामी २३ जनाले हस्ताक्षर गरेका छौं ।’

अदालतमा शशरीर उपस्थित हुन लागेको भन्दै उनले सनाखत आवश्यक पर्दा समेत सबै सांसद उपस्थित हुने दाबी गरे । उनले अहिले २३ सांसदले हस्ताक्षर गरेको भएपनि त्यो संख्या बढ्ने दाबी समेत गरे ।

विपक्ष गठबन्धन अहिले रिट लिएर सर्वोच्च अदालत पुगिसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : १८ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना