सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा « Khabarhub

सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा


१० जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले आफूहरूको पक्षमा सर्वोच्च अदालतले फैसला गर्नेमा पूर्ण भरोसा रहेको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद पुन:स्थापना भएरै छाड्ने दाबी गरेका हुन् । नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

‘सर्वोच्चले यस अघि आफैले गरेको संसद पुनःस्थापनाको फैसलामा टेकेर देउवालाई प्रधानमन्त्री नियुक्तको आदेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौ’ थापाले भने, ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै संसद विघटन गरेकाले हामी अदालत आएका हौँ । यसरी पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण हो ।’

थापाले आफूहरू संसदमा कायम रहेको संख्याको ५४ प्रतिशत सांसद अदालत आएकाले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए । ‘हामी १४६ जना सांसद जिउँदै छौँ ,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र मिल्दैन पनि । हामी सबैको अदालतप्रति भरोसा छ ।’

विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेको छ । रिटमा १ सय ४६ सांसदको हस्ताक्षर छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ०७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना