सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा « Khabarhub

सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले आफूहरूको पक्षमा सर्वोच्च अदालतले फैसला गर्नेमा पूर्ण भरोसा रहेको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद पुन:स्थापना भएरै छाड्ने दाबी गरेका हुन् । नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

‘सर्वोच्चले यस अघि आफैले गरेको संसद पुनःस्थापनाको फैसलामा टेकेर देउवालाई प्रधानमन्त्री नियुक्तको आदेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौ’ थापाले भने, ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै संसद विघटन गरेकाले हामी अदालत आएका हौँ । यसरी पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण हो ।’

थापाले आफूहरू संसदमा कायम रहेको संख्याको ५४ प्रतिशत सांसद अदालत आएकाले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए । ‘हामी १४६ जना सांसद जिउँदै छौँ ,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र मिल्दैन पनि । हामी सबैको अदालतप्रति भरोसा छ ।’

विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेको छ । रिटमा १ सय ४६ सांसदको हस्ताक्षर छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ४ : ०७ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६