यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’ « Khabarhub

यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा अभिनेता यश कुमारले स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिन लगाउनका लागि तयार पारेको फाराममा राखिएको व्यहोराप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा एक भिडियोमार्फत फाराममा ‘जात’ छुट्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो फाराममा जात छान्नुपर्ने रहेछ । सायद इण्डिया र चाइनाले जात हेरी हेरी भ्याक्सिन पठायो होला । त्यही भएर जात छुट्याइएको होला’, फाराममा रहेको ‘मधेसी’ शब्दप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘मधेसी भनेको के ? मधेसमा बस्ने सबैजनालाई मधेसी भनेको हो या लुंगी या धोती लगाउनेलाई मधेसी भन्न खोजिएको हो । काठमाडौंमा बस्ने अधिकांश त तराईबाटै आउनुभएको छ । प्रधानमन्त्रीज्यू पनि तराईबाटै आउनुभएको छ । धेरै सेलिब्रेटी पनि तराईबाटै हुनुहुन्छ । म आफैं तराईमा जन्मिएको । मैले केमा चिन्ह लगाउने ।’

उनले आफ्नो एक मुस्लिम साथी केही समय अघि हिन्दु धर्म अपनाएको स्मरण गर्दै फाराममा हिन्दु र क्रिश्चियन धर्म भनी छुट्याइएकोमा चित्त दुखाए ।

‘अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा कतिखेर के हुन्छ भन्ने कसैले भन्न सक्दैन । मान्छे कसरी पल–पल बाच्ने भन्ने अवस्थामा नेपाली नागरिकतामा भ्याक्सिन लगाउन पाइदैन ? अहिले विदेशीलाई पनि समातेर भ्याक्सिन लगाउनुपर्ने बेलामा औषधि र भ्याक्सिन लगाउने फाराममा एकअर्काको जात छुट्याइदिएको छ’, उनले भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयको शैलीले जातीय भेदभाव गर्ने मानिसहरुलाई टेवा र आत्मविश्वास बढाएको दाबी गरेका छन् । ‘सरकारले यस्तो औषधि गर्नुपर्ने विषयमा यसरी छुट्याएर उनीहरुलाई प्रोत्साहन गर्नुहुँदैन’, यशले अगाडि भनेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले