संविधान र सर्वोच्च अदालतको आदेशानुसार नागरिकता अध्यादेश : महान्यायायाधिवक्ता « Khabarhub

संविधान र सर्वोच्च अदालतको आदेशानुसार नागरिकता अध्यादेश : महान्यायायाधिवक्ता


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् ।

आफ्नो कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे । “महान्यायाविधक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”, उनले भने, “संविधान र सर्वोच्च अदालतका धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि अध्यादेश ल्याउनुपरेको हो ।”

उनले यससम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसद्मा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाइ भएकाले अध्यादेशमार्फत ल्याउनुपरेको स्पष्ट पारे ।

“नागरिकतासम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात गरिएको छैन, संविधानमा भएको व्यवस्था जस्ताको जस्तै मान्नुपर्ने हुन्छ”, सरकारका कानूनी सल्लाहकारले थपे, “संविधान कार्यान्वयनबाहेक तलमाथि केही पनि फरक पारिएको छैन ।”

उनका अनुसार देशभर जन्मसिद्धका आधारमा ७७ जिल्लामा एक लाख ९० हजार ७०२ ले नागरिकता प्राप्त गरेका थिए । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् । “मेरो बुबाको नागरिकता जन्मसिद्धको आधारमा थियो, शुरुशुरुमा जन्मसिद्धकै आधारमा नागरिकता दिने चलन रैछ”, उनले आफ्ना पिताको नागरिकताबारे जानकारी दिँदै भने, “पहिलेपहिले वंशजका आधारमा नागरिकता दिने प्रचलन नै थिएन, तर अहिले वंशज र अंगीकृत नागरिकताको व्यवस्था छ, जन्मसिद्धलाई वंशजको दिने व्यवस्था मात्र गरिएको हो ।”

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ३३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय