गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ 


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उनले बताए ।

औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘wicklow ways wines Hand sanitizer 70% alcohol’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित अन्दाजी ३ हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ४८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि