गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ  | Khabarhub Khabarhub

गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ 


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उनले बताए ।

औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘wicklow ways wines Hand sanitizer 70% alcohol’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित अन्दाजी ३ हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र