आज २०७८ असार १० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ असार १० गते बिहीबारको राशिफल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ असार १० गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साझेदारीको काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउला । शैक्षिक क्षेत्र सोचेजस्तो नहुन सक्छ ।

बृष

धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला ।

मिथुन

बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।

कर्कट

वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

सिंह

अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

कन्या

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

बृश्चिक

अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला

धनु

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

मीन

रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको योजना बन्ने योग छ । चिन्ता हट्दै जानेछ । परिवारको साथ सहयोग र हौसला मिल्नेछ । आर्थिक अवस्था सुधारोन्मुख हुँदै जानेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : ३५ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश