इथियोपियामा सरकारी फौजको हवाई हमलामा ६० सर्वसाधारणको मृत्यु « Khabarhub

इथियोपियामा सरकारी फौजको हवाई हमलामा ६० सर्वसाधारणको मृत्यु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इथियोपियाको उत्तरी क्षेत्रमा पर्ने टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।

दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी मिकाइलीबाट २५ किलोमिटरको दूरीमा रहेको टिग्रोस्थित टोगोगा बजारमा आक्रमण भएको हो । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् ।

तस्वीर : स्काई न्यूज

आक्रमणस्थलमा फसेका मानिसको उद्धारमा समेत सेनाले रोकतोक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाइ ‘आतङ्कवादी’हरूलाई निष्क्रिय पार्न हमला गरेको जनाएको छ ।

तस्वीर : गेट्टी इमेज

संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ । आठ महिनाअघि द्वन्द्व सुरु भएको इथियोपियामा हजारौँ व्यक्तिले ज्यान गुमाएका तथा लाखौँ विस्थापित भएको बीबीसीले जनाएको छ ।

तस्वीर : एएफपी

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ३९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु