हत्या अभियोगमा तीन जना पक्राउ « Khabarhub

हत्या अभियोगमा तीन जना पक्राउ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बास्मती कहार रहेका छन् ।

१८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार यही असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किँदा कुर्मीलाई आफ्नो कोठामा देखेपछि आक्रोशित उनले भाइ रमेश र श्रीमती बास्मतीको मिलेमतोमा कुटपिट गरी हत्या गरेर पोखरीमा फालिदिएको अनुसन्धानबाट खुलेको छ ।

कुर्मीले बास्मतीसँग शारीरिक सम्बन्ध राखेको भन्दै १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए । अहिले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ३० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि